० शिलु श्रेष्ठ
धार्मिक भनौ या पर्यटनस्थल, नेपालमा अन्तर्राष्ट्रय पर्यटकहरू तान्न सक्ने पूर्वाधार भएका दुई वटा प्रमुख स्थलहरू छन्।ती हुन्- विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी।ती दुवैका विषयमा अथाह पुस्तक, लेख तथा रचनाहरू प्रकाशनमा आएका छन्।तर अधिकांश अंग्रेजी भाषामा छन्, नेपालीमा फाट्टफुट्ट लेखहरू मात्र।वस्तुविशेषमै गहन अध्ययन भई सगरमाथाको विषयमा नेपाली भाषामा त लेखिएकै छैन भन्दा हुन्छ तर लुम्बिनीका सम्वन्धमा अब त्यस्तो भन्नुपर्दैन।यो अभावपूर्ति बसन्त महर्जनद्वारा लिखित र हालै प्रकाशित 'लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन' पुस्तकका कारण त्यस्तो नकारात्मक जवाफ दिनुनपर्ने भएको हो।लुम्बिनीका बारेमा टुक्रे वस्तादको रूपमा धेरै लेखिए, छापिए तर एकमुष्ट सबै क्षेत्र समेटेर नेपालीमा लेखिएको पहिलो पुस्तक यही 'लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक अध्ययन' भएको छ र राष्ट्रभाषा भनिने नेपालीमा खड्किराखेको एउटा अभावको पर्ूर्ति यसबाट भएको छ।
लुम्बिनीका बारेमा सबै क्षेत्रका सबै विद्वान्हरूले लेखिटोपलेका छन्।तर दिलै खेलेर भन्नुपर्दा ती सबै कटुवा, सरुवा, भरुवा र छटुुवा मात्र हुन्।लुम्बिनीका प्रारम्भिक लेखकका नाम लिनुपर्दा ए.ए. फुहरर, पर्ूण्ाचन्द्र मुखर्जी, देवाला मित्रा, तारानन्द मिश्र, बाबुकृष्ण रिजाल र सोतुर ओएसाका मात्र हुन्।पुरातत्त्वकै हिसाबले अन्य सबै पूर्वलेखकहरूले लेखेका पुस्तक र लेखमा जे पढे जे बुझे त्यसैलाई आफ्नो मथिङ्गलको मसलातसाला मिलाई प्रस्तुत गरेका लेखन मात्र हुन् भन्दा त्यति अन्याय हुँदैन।यो नयाँ प्रकाशनलाई मात्र अपवाद मान्न सकिंदैन।
पुस्तकको आवरण डिजाइन झट्ट हेरदा लुम्बिनीजस्तो नदेखिए तापनि भित्र भएका सामग्रीले देख्नेबित्तिकै सा“च्चिकै लुम्बिनी हो भन्न करै लाग्दछ । जम्मा एक सय ७१ पृष्ठको प्रस्तुत पुस्तकमा लुम्बिनीका बारेमा यथेष्ट सूचना प्रस्तुत गर्न लेखक सफल भएको देखिन्छन् । पा“च अध्यायमा विभाजित यस पुस्तकमा लेखकले विषय प्रवेशको रूपमा परिचयबाट सुरु गरी लुम्बिनीको ऐतिहासिक पष्ठभूमि, पुरातात्त्विक विकास खोज उत्खनन, पुनःनिर्माण र उपसंहारसम्म लगी टुङ्ग्याइएका छन्।यसपछि नक्सा, सर्न्दर्भ ग्रन्थ सूची र परिशिष्ट समावेश गरी पुस्तकलाई पूर्णता गरिएको छ । अंग्रेजीमा अथाह प्रकाशन र लेखहरू बजारमा आए तर जतिसुकै स्तरीय प्रकाशन भए तापनि लुम्बिनीका बारेमा जान्न खोज्ने तर अंग्रेजी राम्रो नबुझ्ने नेपाली पाठकका लागि ती काम लागेन।नेपालीमा यति स्तरीय पुस्तक आजसम्म प्रकाशनमा आएको छैन नै भन्दा पनि अत्युक्ति नहोला।लुम्बिनी विकास कोषजस्ता संस्थाको पनि यसतर्फध्यान जानुपर्ने थियो तर कहिल्यै गएको पाइ“दैन।एक व्यक्तिद्वारा एकल मेहनतले यति राम्रो र नेपाली भाषाभाषीलाई अति उपयोगी हुने गरी प्रकाशनमा ल्याइदिएकाले लेखकलाई यस कार्यका निम्ति धन्यवाद दिनै पर्दछ।
कम्प्युटरको विकासले गर्दा साधारण पाठकको पहुँचबाट बाहिर रहेका लुम्बिनीका अति महत्वपूर्ण तस्बिर र नक्साहरूको यथेष्ट मात्रमा समावेश भइदिंदा पुस्तकको उपयोगता र उपादेयता अरू थपिएको छ । शताब्दी पुरानो पी.सी. मुखर्जीद्वारा प्रकाशनमा आएका फोटोदेखि ओयसाकाद्वारा प्राप्तपछि कहिल्यै खिच्न नसकिने मायादेवी मन्दिरको पूर्व रूपको उत्खनन समयका खण्डहरूका तस्बिरहरू यसमा समावेश गरिदिंदा पुस्तक केबल पढ्न मात्र होइन हेर्न र बुझ्न पनि त्यत्तिकै उपयोगी भएको छ।साधारण जिज्ञासुका पहु“चबाट टाढा रहेका एक शताब्दी पुराना चित्र, पत्र र प्रकाशनहरूका सम्बन्धित अंशहरू पनि खोजीखोजी परिशिष्टका रूपमा समावेश गरिँन्दा सुनमा सुगन्धजस्तै भएको छ ।मार्कर स्टोन प्राप्तिको घोषणा गरिँदा तत्कालीन प्रम शेरबहादुर देउवाले दिएको भाषण समावेश भएजस्तै जापानको आशाही सिम्बुनमा छापिएको मार्कर स्टोन प्राप्तिको समाचारकोप्रति पनि समावेश हुन पाएको भए झन् बेस हुने थियो, तर भएन।
पुस्तक लुम्बिनी सम्बन्धमा पढ्न, सिक्न र बुझ्न अति उपयोगी देखिन्छ।लेखक गैरनेपालीभाषी भएर पनि प्रस्तुति सलल बगेको छ।भाषिक रूपमा खोट लगाउने ठाउ“ छैन।लेखकको प्रथम प्रयास देखिएकाले अध्ययन र प्रस्तुति गहन नै मान्नु पर्दछ।