Pages

Buddha's autobiography and biography brought out

KATHMANDU, OCT 27, 2010

“Autobiography of Buddha” has been published for the first time in the history of Buddhist literature.

Journalist and researcher Basanta Maharjan collected, translated and edited the most important incidents of the life articulated by Buddha himself, in the first person pronoun, and presented the book in Nepali script.

The book also encompasses some contents from the religious scripture, 'Tripitak', which is the comprehensive compilation of Buddhist philosophy.

Researcher Maharjan has simultaneously brought out the biographical book entitled “Gautam Buddha”. It is based on the aforementioned autobiography and other scriptures.

Various new dimensions and facts about the life of Gautam Buddha have been brought into the limelight with the publication of these two books released by Insight Publication. (RSS)

link : http://www.ekantipur.com/2010/10/27/headlines/Buddhas-biography-published/324198/

http://www.thehimalayantimes.com/fullNews.php?headline=Buddha%27s+biography+brought+out+&NewsID=263232

गौतम बुद्ध

बजारमा गौतम बुद्धको जीवनीसँग सम्बन्धित पुस्तकहरू प्रशस्त मात्रामा पाइन्छन् । स्वदेशी तथा विदेशी लेखक तथा अनुसन्धानकर्ताहरूले पनि बुद्धका बारेमा विभिन्न पुस्तक प्रकाशित गर्दै आएका छन् । यसै सेरोफेरोमा पत्रकारको रूपमा परिचय बनाएका बसन्त महर्जनको ‘गौतम बुद्ध’ नामक पुस्तक बाहिर आएको छ । ‘बुद्धको आत्मकथा’ को अनुवाद तथा सम्पादन पनि गरिसक्नु भएका महर्जनद्धारा लिखित ‘लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ नामक पुस्तकले पनि बुद्धका बारेमा पर्याप्त जानकारी दिएको थियो ।

प्रस्तुत पुस्तकमा गौतम बुद्धको जन्मदेखि महापरिनिर्वाणसम्मका घटनाक्रमलाई दर्शाइएको छ । कतिपय कुराहरू स्थापित मूल्य मान्यताभन्दा फरक रहेको देखिन्छ । गौतम बुद्ध देश निकाला गरिएका कुरा होस् वा उनका बाबु शुद्धोदन राजतन्त्रको राजा नभएर गणराज्यको गणप्रमुख भएका कुरा आम मान्यताभन्दा विपरित रहेका छन् । कपिलवस्तु र कोलिय गणराज्यहरूबीच लडाईको प्रसंग उठ्दा कपिलवस्तुको गणपरिषदमा सिदार्थ युद्धको विपक्षमा लागेको र अल्पमतमा पर्दा पनि बहुमतको विरोध गरेकाले उनलाई मृत्युद्धण्डको सजाय दिने प्रापधान भएपनि तत्कालिक परिस्थितिका कारण देश निकालाको आदेश दिएको र निर्वासनका क्रममा प्रवज्या लिई श्रमणत्व अपनाएर पछि बोधिज्ञान लाभ गरी बुद्ध बनेको कुरा पुस्तकमा उल्लेख छ ।

भाइ देवदत्तद्धारा घाइते भएको पंक्षीको उद्धार राजकुमार सिदार्थबाट भएको कुरा काल्पनिक रहेको भनाई लेखकको छ । यो प्रसंग पहिलो पल्ट अंग्रेजी महाकाव्य ‘दि लाइट अफ एशिया’ मा मात्र आएको र कविको कल्पनामात्र रहेको तर बौद्ध जनमानसमा पछि यही कुरा स्थापित हुन पुगको भनाई लेखकको रहेको छ ।

सिद्धार्थले संसार नदेखुन् र गृहत्याग नगरुन भनी घरमा नै सीमित राखिएको र बाहिर घुम्न जाँदा बुद्ध, रोगी, शव र भिक्षु नदेख्ने व्यवस्था मिलाइए पनि उनले यी सबै कुरा बाहिर देखेको कुरा विभिन्न ग्रन्थ र पुस्तकमा रहेका छन् । तर लेखक यो कुरालाई स्वीकार्दैनन् । सिद्धार्थलाई घरबाहिर जान कुनै बन्देज नभएको, घरमा आमा बाबु तथा अन्य वृद्धवुद्धाहरू रहेको तथा स्वयं सिद्धार्थले चिकित्सा ज्ञान पाएका कारण रोगी भन्ने कुरासँग अपरिचित नहुने लेखकको को ठम्याई छ । स्वतन्त्र चिन्तन गर्ने र गम्भीर स्वभाव भएकालाई रोग, वृद्ध, शव र भिक्षु जस्ता कुराले बिचलित बनाउने भएकाले सिद्धार्थमाथि पनि यसको गहिरो प्रभाव परेको कुरा स्वयं बुद्धबाट नै कतै उल्लेख भएको कुरा लेखकले उल्लेख गरेका छन् ।

अध्ययन, अनुसन्धानमा बढी सक्रिय भएकाले होला लेखकले पुस्तकमा आफ्नो तर्कलाई अघि सारेका छन् । २७ शीर्षक रहेको यस पुस्तकले बुद्धको जीवनका प्रायः महत्वपूर्ण घटनालाई छुने प्रयास गरेको छ । बुद्धको हत्याप्रयास, चण्डालिका, पटाचारा, अम्बपाली, डाँकु अंगुलिमाल भिक्षु बनेका घटना समावेश गरेर लेखकले पुस्तकलाई अझ पठनीय बनाउने प्रयास गरेका छन् । पुस्तकमा बुद्धत्व प्राप्तिका क्रममा बुद्धले भोगेका कुरा, संघमा महिलाको प्रवेश, सारिपूत्र र मौद्गल्यान, कपिलवस्तु गणराज्यको पतन लगायत घटनाको सरल रूपमा बर्णन गरिएको छ । पुस्तकको बीच बीचमा राखिएका तस्बिरहरूले पनि जीवन्तता दिएको अनुभुति हुन्छ । लेखकले बढीमात्रामा ऐतिहासिक तथा पुरातात्विक दृष्टिले पुष्टि भएका कुरालाई बढी समावेश गर्न खोजेको देखिन्छ । समग्रमा भन्दा गौतम बुद्धका बारे जान्न चाहने पाठकलाई पुस्तक जानकारीमूलक छ ।

विधाः जीवनी

लेखकः बसन्त महर्जन

प्रकाशकः इन्साइट पब्लिकेशन प्रा.लि.

प्रकाशनः सन् २०१०

पृष्ठः १३६

मूल्यः रु. १८०

  • करुण अर्याल, गोरखापत्र राष्ट्रिय दैनिक (२०६७ माघ २२)

बुद्धबारे दुई पुस्तक

काठमाडौं/ पत्रकार वसन्त महर्जनका बुद्धसम्बन्धी दुईवटा किताब एकैचोटि प्रकाशित भएका छन् । इन्साइट पब्लिकेसनद्वारा प्रकाशित गौतम बुद्धबुद्धको आत्मकथामा गौतम बुद्धका जीवनसम्बन्धी थुप्रै नयाँ तथ्यहरू प्रकाशमा ल्याइएको महर्जन बताउँछन् ।

गौतम बुद्ध जीवनी हो । यसमा गौतम बुद्धकी आमा मायादेवीको लुम्बिनी आगमनदेखि नै नयाँ दृष्टिकोण प्रस्तुत गर्दै अरू थुप्रै प्रसंगलाई ऐतिहासिक कसीमा जाँच गरिएको छ । महर्जनका अनुसार उनले अलौकिक र चामत्कारिक व्यक्तित्वका रूपमा प्रस्तुत गरिँदै आएको बुद्धलाई लौकिक व्यक्तित्वका रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । अर्काे पुस्तक बुद्धको आत्मकथामा बौद्ध वाङमयको इतिहासमा पहिलोपटक गौतम बुद्धको आत्मकथा पुस्तकारमा प्रकाशित गरिएको दाबी छ उनको छ । महर्जनले संकलन, अनुवाद र सम्पादन गरेको यस पुस्तकमा स्वयं बुद्धद्वारा व्यक्त त्रिपिटकअन्तर्गतका विभिन्न धार्मिक ग्रन्थमा छरिएर रहेका आफ्ना जीवनका महत्त्वपूर्ण घटना समावेश छन् । यसअघि लेखकको लुम्बिनी नामक किताब प्रकाशित छ ।

(Naya Patrika 28/10/2010)