काठमाडौं, २ पुस । लुम्बिनीबारे विस्तृत अनुसन्धानात्मक अध्ययन गरिएको पुस्तक 'लुम्बिनी ऐतिहासिक तथा पुरातात्विक अध्ययन' आज यहाँ सार्वजनिक गरियो ।
लुम्बिनीबारे सम्पूर्ण ऐतिहासिक तथ्य र दुर्लभ चित्रसमेत समावेश गरी नेपालीमा लेखिएको सो पुस्तक लुम्बिनीको विषयमा चाख राख्ने सर्वसाधारणदेखि इतिहास, संस्कृति, पुरातत्व पढ्ने र सो विषयमा शोध गर्न चाहनेहरूका लागि उपयोगी रहेको छ ।
वसन्त महर्जनद्वारा लिखित तथा बसामि डट कमद्वारा प्रकाशित सो पुस्तकमा लुम्बिनीको पहिचान, भगवान बुद्धको जन्म भएपछि लुम्बिनीमा भएका कुरा, अशोकस्तम्भको अध्ययन र लुम्बिनीको विषयमा आजसम्म भएका अध्ययन प्रस्तुत गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा.तुलसीराम बैद्यले पुस्तकको विमोचन गर्दै पुस्तकको पुनःप्रकाशनमा लुम्बिनीको ऐतिहासिक र पुरातात्विक अध्ययनका साथै लुम्बिनीको सास्कृतिक पक्षबारे पनि अध्ययन गरिनुपर्ने सुझाव दिनुभयो ।
पुस्तकबारे चर्चा गर्दै पुरातत्वविद् शुक्रसागर श्रेष्ठले लुम्बिनीबारे जान्न खोज्ने तर अङ्ग्रेजी नजान्ने पाठकलाई पुस्तकले महत्वपूर्ण जानकारी दिने उल्लेख गर्दै नेपाली भाषामा लुम्बिनीसम्बन्धी गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा नआएकोमा यसले सो कमी पूरा गरेको छ भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा.डा.मुकुन्दराज अर्याल र त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधरले पुस्तक अनुसन्धानमूलक र मौलिक रहेको चर्चा गर्नुभयो ।
लेखक बसन्त महर्जनले भिक्षु सुदर्शन महास्थविरको प्रेरणाले लुम्बिनीको विषक लेखेको बताउदै पुस्तकमा समयसापेक्ष र नयाँ अनुसन्धान समावेश भएको र भविष्यमा पनि यसको पुनः प्रकाशन गर्दा थप अनुसन्धानलाई समावेश गरिने बताउनुभयो । (रासस)