संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्व सम्पदा सूचीमा परेको गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक ग्रन्थ 'लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन' नेपाली बजारमा आएको छ । नेपाली भाषामा पहिलो पल्ट लुम्बिनीका सम्बन्धमा प्रकाशित यस ग्रन्थको अंग्रेजी अनुवाद संस्करण निकट भविष्यमा नै बजारमा आउने प्रकाशक बसामी डट कमले जनाएको छ । प्रकाशकका अनुसार, अंग्रेजी भाषामा पनि लुम्बिनीलाई मात्रै समेटेर लेखिएको एउटा सिंगो पुस्तक हालसम्म प्रकाशित भएको छैन ।
प्राचीन कालमा बगैँचाका रूपमा रहेको लुम्बिनीमा गौतम बुद्धको जन्म इसा पूर्व ५२३ मा भएको थियो । उनको जन्मअघिको लुम्बिनीको वस्तुस्थिति र विकास क्रमलाई प्राप्त पुरातात्त्विक सामग्रीका आधारमा अध्ययनपछि लेखिएको सो ग्रन्थमा वर्तमान गतिविधिहरूलाई समेत समेटिएको छ । अनुसन्धानकर्ता वसन्त महर्जनद्वारा लिखित सो ग्रन्थको डिसेम्बर १७ तारिखमा विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. तुलसीराम वैद्यले ग्रन्थ धेरै अर्थमा महत्त्वपूर्ण भएको बताएका थिए ।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रसम्बद्ध विशिष्ट व्यक्तिहरूको जमघटमा विमोचित सो पुस्तकको टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका विभाग प्रमुख प्रा. डा. मुकुन्दराज अर्यालले लुम्बिनीको पुरातत्त्वका सम्बन्धमा साङ्गोपाङ्गो अध्ययन गर्न खोजिएको र सर्न्दर्भ स्रोत र परिशिष्ट पनि समावेश गरिएको भएर थप अध्ययन गर्न चाहनेहरूका लागि पुस्तक महत्त्वपूर्ण भएको बताए । प्रा. डा. अर्यालले यस पुस्तकमा लेखकले नयाँ जानकारी दिनुका साथै आफ्नो मौलिक व्याख्या पनि गरेको उल्लेख गरे ।
पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत शुक्रसागर श्रेष्ठले लुम्बिनीका सम्बन्धमा थोरैले मात्र आधिकारिक लेखन गरेको, तर कसैले पनि बृहत् अध्ययन गरेर सम्पूर्ण कुरालाई एउटै पुस्तकमा नसमेटिएको अवस्थामा यस ग्रन्थ आफैमा महत्त्वपूर्ण रहेको चर्चा गरे । लुम्बिनीबाट विभिन्न समयमा उपलब्ध पुरातात्त्विक सामग्री हाल कुन कता छन् भन्ने जानकारी नै नभइसकेको अवस्थामा उपलब्ध सीमित सामग्रीको आधारमा ग्रन्थ लेखिएको भए पनि व्याख्या राम्ररी भएको उनको धारणा थियो । यसरी नै समारोहमा नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधरले लेखकको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । (साभारः हसना म्यागेजिन, वर्ष१, अंक ५, २०६२)