Pages

In English

After publishing the book "Lumbini: A Historical and Archaeological Study" I have been suggested to publish it English version also. It is quite a good suggestion for me and readers. I am now working on it.

News : लुम्बिनीसम्वन्धी अनुसन्धानात्मक पुस्तक प्रकाशन

काठमाडौं, २ पुस । लुम्बिनीबारे विस्तृत अनुसन्धानात्मक अध्ययन गरिएको पुस्तक 'लुम्बिनी ऐतिहासिक तथा पुरातात्विक अध्ययन' आज यहाँ सार्वजनिक गरियो ।
लुम्बिनीबारे सम्पूर्ण ऐतिहासिक तथ्य र दुर्लभ चित्रसमेत समावेश गरी नेपालीमा लेखिएको सो पुस्तक लुम्बिनीको विषयमा चाख राख्ने सर्वसाधारणदेखि इतिहास, संस्कृति, पुरातत्व पढ्ने र सो विषयमा शोध गर्न चाहनेहरूका लागि उपयोगी रहेको छ ।
वसन्त महर्जनद्वारा लिखित तथा बसामि डट कमद्वारा प्रकाशित सो पुस्तकमा लुम्बिनीको पहिचान, भगवान बुद्धको जन्म भएपछि लुम्बिनीमा भएका कुरा, अशोकस्तम्भको अध्ययन र लुम्बिनीको विषयमा आजसम्म भएका अध्ययन प्रस्तुत गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा.तुलसीराम बैद्यले पुस्तकको विमोचन गर्दै पुस्तकको पुनःप्रकाशनमा लुम्बिनीको ऐतिहासिक र पुरातात्विक अध्ययनका साथै लुम्बिनीको सास्कृतिक पक्षबारे पनि अध्ययन गरिनुपर्ने सुझाव दिनुभयो ।
पुस्तकबारे चर्चा गर्दै पुरातत्वविद् शुक्रसागर श्रेष्ठले लुम्बिनीबारे जान्न खोज्ने तर अङ्ग्रेजी नजान्ने पाठकलाई पुस्तकले महत्वपूर्ण जानकारी दिने उल्लेख गर्दै नेपाली भाषामा लुम्बिनीसम्बन्धी गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा नआएकोमा यसले सो कमी पूरा गरेको छ भन्नुभयो ।
त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा.डा.मुकुन्दराज अर्याल र त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधरले पुस्तक अनुसन्धानमूलक र मौलिक रहेको चर्चा गर्नुभयो ।
लेखक बसन्त महर्जनले भिक्षु सुदर्शन महास्थविरको प्रेरणाले लुम्बिनीको विषक लेखेको बताउदै पुस्तकमा समयसापेक्ष र नयाँ अनुसन्धान समावेश भएको र भविष्यमा पनि यसको पुनः प्रकाशन गर्दा थप अनुसन्धानलाई समावेश गरिने बताउनुभयो । (रासस)

भूमिका

  • शुक्रसागर श्रेष्ठ
    (वरिष्ठ पुरातत्वविद्)
भगवान् बुद्धको जन्मभूमि लुम्बिनीको नाम सुन्ने बित्तिकै कताकता भित्र मनमा शान्तिको अनुभूति हुन्छ । नेपालका एक सपूतले आज विश्वमा शान्ति फैलाउने कार्यमा अमीट छाप छाडेर जान सके । उनको नामको स्मरण र तिनको सौम्य मूर्तिको दर्शनले जो कोही पनि शान्ति चाहने मानवको हृदयमा शीतलताको महसुस हुन्छ । तिनै महामानवले पनि भविष्यमा (आफ्नो महापरिनिर्वाणपछि) लुम्बिनी तीर्थस्थलको रूपमा विकसित हुने कुरा प्रमुख शिष्य आनन्दलाई भनेर गएका थिए । लुम्बिनीले आफ्नो पहिचान धेरै समय इतिहासको गर्भमा विलीन भएर बस्नु परे तापनि थुप्रै सपूतहरूको अथक प्रयासले गर्दा हराएर भने जानु परेन । कतिपय बुद्ध र बुद्धसम्बन्धी स्थलहरू अझै पनि पृथ्वीको गर्भमा छन् । तिनको पुनःप्राप्ति हुन्छ-हुँदैन त्यो त भविष्यले नै बताउन सक्ला तर, लुम्बिनीको परिचय भने अब कतै हराउँदैन । कसैले मेट्न खोज्दैमा मेटिने छैन । कसैले लुकाएर लुक्दैन र कसैले नष्ट गर्न खोज्दैमा पनि नष्ट हुने छैन । एक शताब्दीभन्दा लामो अध्ययन र अनुसन्धानपछि लुम्बिनी यस स्थितिमा पुगेको हो । त्यही पहिचान फैलाउने र त्यसमा स्थायित्व दिने कार्यमा बसन्त महर्जनको यस पुुस्तकले एक अध्याय थपेको छ । भगवानको जन्मपछि लुम्बिनीमा के भयो - तथ्य त्यति थाहा पाइँदैन । तर भगवानको ज्ञान प्राप्तिपछि भने यस स्थानले अवश्य पनि केही न केही रूपमा प्रख्याति र महत्त्व पाइसकेको हुनु पर्दछ । भगवान्को नङ र रौं भएपनि थापेर लगी श्रद्धा गर्ने श्रद्धालुहरूले भगवान्को जन्मथल लुम्बिनीलाई त्यसैं छाडेका थिएनन् होला । विशेष रूपमा श्रद्धा र पूजन गर्दै आएको हुनु पर्दछ । नत्र भने भगवानको महापरिनिर्वाण भएको करीब तीन सय वर्षछि सो स्थानमा आइपुगेका मौर्य सम्राट अशोकलाई भगवान्को जन्मस्थलो देखाउन ल्याइएका भिक्षु उपगुप्तले सोझै 'अस्मिन महाराज हिद बुधे जाते' भनी भन्न सक्ने स्थिति हुँदैनथ्यो होला । उपगुप्तले पहिले पनि सो स्थानको तीर्थाटन गरिसकेका थिए होलान् नत्र अशोकले उपगुप्तलाई नै किन चुन्थे ? उपगुप्तले पनि तिनै जन्मशिलालाई देखाएर उक्त वाक्य बोले होलान् । त्यही जन्मशिलाको महत्त्व थाहा पाएर महाराज अशोकले सो जन्मशिला अन्यथा नहोस् भनी राम्रो व्यवस्था गरी गए । सोही व्यहोरा शिलास्तम्भमा पनि कुँदी छाडे । धेरै वर्षेखि खुट्याउन र अर्थ्याउन नसकिरहेको शिलास्तम्भको 'शिलाविगडभिचा' को अर्थ आज बुद्धजन्म शिला प्राप्त भएपछि त्यसरी नै गरिएको छ । अशोकले त्यतिमात्र लेखेनन् । आज हामीलाई लुम्बिनीको पहिचान गर्न आवश्यक परिचयसमेत केवल ९० अक्षरको छोटो स्तम्भलेखमा पनि पुग्दो गरी विवरण कुँदी गए । लुम्बिनीका बारेमा यथार्थ जानकारी यसै स्तम्भलेखले दिइराखेको छ । लुम्बिनी र बुद्धसम्बन्धी कहाँ, किन, को र के भन्ने प्रश्नहरूको उत्तर यो छोटो अभिलेखले पूर्ण रूपमा दिन सके । स्तम्भलेख किन त भन्दा यहाँ बुद्ध जन्मेकाले (हिदबुधे जाते), कहाँ जन्मेको उत्तरमा लुम्बिनी गाउँमा (लुंमिनिगामे), को जन्मे त भन्दा महामानवको रूपमा शाक्यमुनि (सक्यमुनिती) र शाक्यमुनि के त भन्दा उनी भगवान जन्मे (भगवं जातेती) भनी प्रष्टसँग किटान गरी स्तम्भलेखमा उल्लेख भई दिंदा आज विश्वले महामानवको जन्मस्थलका बारेमा कुनै शङ्का उपशङ्का र द्विविधामा नपरी लुम्बिनीमा श्रद्धापूर्वक तीर्थाटन र पार्थना गर्न पाएका छन् । अशोकका अधिकांश अभिलेखहरू प्रायः एक न एक ठाउ“मा खण्डित वा अक्षर उप्केर अस्पष्ट छन् । तर ठूलो भाग्यको कुरा, लुम्बिनी अभिलेखमात्र एउटा यस्तो अभिलेख हो जुन कुनै खोटबिना बचेर रहेको छ । साथै स्तम्भ पनि यथास्थितिमा खडा भइरहुँदा यसको आधिकारिकता ठूलो छ जसले गर्दा लुम्बिनीका बारेमा कसैले शङ्का उपशङ्का गर्ने ठाउ“ नै छैन । यदि एक दुई अक्षरमात्र खण्डित भएको भए, एक दुई इन्च मात्र पनि स्तम्भ यताउता सरेको र सारिएको भए धेरैले तथ्यपूर्ण लुम्बिनीको दर्शनबाट चुक्नु पर्ने थियो । लुम्बिनीको नाउँमा दोस्रो कुनै कृतिम स्थानमा लुम्बिनीको पूजाअर्चना गरिदै आउने थियो । राष्ट्रियताका हिसाबले भाग्यको कुरा हो सन् १८१६ पछिमात्र लुम्बिनीको पत्ता लाग्नु । यदि सो भन्दा अघि लुम्बिनी पत्ता लागेको भए सीमा पारि गई श्रद्धा गर्न जानुपर्ने स्थिति आउने थियो होला । मन परे पनि नपरे पनि भन्नै पर्दछ लुम्बिनीको पुनः पत्ता लाग्नुमा अङ्ग्रेजहरूको ठूलो हात छ । इसाको अठारौं शताब्दीमा पश्चिमा मुलुकमा भएको वैज्ञानिक खोजको विकास र उन्नाईसौं शताब्दीमा आएको पूर्वीय जगतको धर्म र संस्कृतिको चासोले गर्दा लुम्बिनी पत्ता लाग्न पुगेको हो । यत्रो महत्त्वको स्थल प्राप्त भएपछि पनि तत्कालीन शासक वर्गको अज्ञानता र बौद्ध धर्मप्रतिको वक्रदृष्टिले गर्दा झन्डै आधा शताब्दीसम्म खास केही भयो भन्न मिल्दैन । लुम्बिनीमा विकासप्रतिको चासो तब बढ्यो जब संयुक्त राष्ट्र संघजस्तो विश्व संस्थामा बौद्ध राष्ट्र बर्माका एक नागरिक उ. थान्तले महासचिवको पद सम्हाल्न पुगेर लुम्बिनीको भ्रमण गरे । उनको मनमा लुम्बिनीमा गुरुयोजना बनाई विकास गर्नुपर्ने सोच सन् १९६७ मैं आयो । फलस्वरूप १९७२ मा कार्य थालनी भई १९७८ मा गुरुयोजना तयार भयो । त्यसैअनुरूप विकास कार्यहरू हुन थाले । आजसम्ममा तीनवटा देशले लुम्बिनीमा उत्खनन् कार्य गरिसकेका छन्- नेपाल, भारत र जापान । तिनमा सबैभन्दा बढी समय, लागत र ठूलो परिमाणमा उत्खनन् कार्य जापानले गर्‍यो । तर दुःखको कुरा, जति ठूलो परिमाणमा उत्खनन् कार्य भयो त्यति नै भारी परिमाणमा अपमान सहनुपर्‍यो र अपजस पायो त्यस देशले । मायादेवी मन्दिर जिर्णोद्धारबाट पुरै पन्छिन पुग्यो, केबल मूक दर्शकभएर बस्नु पर्‍यो । मायादेवी मन्दिर उत्खनन् होइन संरक्षण गर्ने मनसायले कार्य सुरू भएको थियो र स्विकृति पनि संरक्षणका लागि पाएको थियो । संरक्षण गर्दै जा“दा उत्खनन् गर्नुपर्ने आवश्यकता महसुस भयो र कार्य गर्दै जाँदा बुद्धजन्म शिला (मार्कर स्टोन) फेला पर्‍यो । त्यसैअनुरूप संरक्षण गर्न खोजिंदा जापानीपक्षले पेस गरेको योजना अस्विकृत भयो । मन्दिरको डिजायनका सम्बन्धमा धेरै मिटिङ्ग, सेमिनार भए । धेरै बुद्धि खियाइए । धेरै मेहनत र चर्का वादविवाद भए । धेरै खर्चालु बैठकहरू पनि भए । तर कहिल्यै एक मतमा मात्र होइन, बहुमत सम्ममा पनि पुग्न सकेनन् । आखिर बौद्ध जगतको दवाव पर्‍यो भनी ठूलै थैली खर्च गरी मायादेवी मन्दिरको पुननिर्माण कार्य भयो । भयो त भयो तर जापानी भाइले पहिला सोचेजस्तै भयो । केबल जन्मशिला छोपेर होइन, उघारेर भयो । अन्य सबै डिजाइन र आकारप्रकार जापानी भाइकै विचार र योजनामा सोचिएजस्तै भयो । सक्कली जन्मशिला छोपेर त्यसको प्रतिकृतिमा मात्र पूजा गराउने जापानी भाइको सोचाइमा त्यसो नगरी सक्कली जन्मशिलामा नै पूजा गर्न पाउने गरी मन्दिरको पुननिर्माण कार्य भयो । बाहिरबाट देखिने वास्तु पर्ूवरूपमै बनाउने योजना जापानी पक्षबाट पनि भएकै थियो । लुम्बिनी क्षेत्रको विकासका निम्ति Buddhism र Tourism एकै रथका ISM रूपी दुई पाङ्ग्रा हुन । आज दिल खोलेर भन्नु पर्दा पर्यटनको विकास र यसको आर्थिक पक्ष सबल नहुँदो हो त लुम्बिनीको विकासमा सोच्नु पनि दिवास्वप्न मात्र हुने थियो । लुम्बिनीलाई धार्मिक र पुरातात्त्विक स्थलभन्दा आर्थिक दृष्टिले बढी हेरिने गरिन्छ । यो तीतो सत्य हो । नत्रभने संयुक्त राष्ट्रसंघको महासचिव जस्तोको नेतृत्वमा सुरु भएको योजना प्रो. केन्जो टांगेजस्ता विश्वविख्यात वास्तुविद्ले तयार पारेको वास्तु देशको उच्चस्तरको नेतृत्वमा सञ्चालित गुरुयोजना लक्ष्यअनुसार पूरा नभई आज झन्डै तीन दशक बितिसक्दा पनि तयार पार्न नसकेकोमा हामीले शिर निहुराउनै पर्छ । त्यसमाथि पनि लुम्बिनीलाई विश्व शान्तिको मुहान, विश्वशान्ति नगर जस्ता विशेषणले पोत्ने तर त्यसै स्थानमा विश्वशान्ति स्तूप बनाउ“दै गरेका नावातामे भिक्षु जस्तो मारिनु, लुम्बिनीको विकास गर्न गठित संस्थाका जिम्मेवार व्यक्तिहरूबाटै मादकपदार्थ सेवन गरी बुद्धको मूर्तिमा सुँगुरको मासु कोचिंदा पनि विदाको दिन घटेको घटनामा ऐन लाग्दैन भनी कुनै कारवाही नहुँदा बुद्ध र बुद्ध धर्मका नाउँमा हामीले लाज मान्नै पर्दछ । जापान बौद्ध समाजले प्रकाशन गरेको लुम्बिनी मायादेवी मन्दिरको उत्खनन् प्रतिवेदन २००५ मा जापानीसहित भारतीय र पाकिस्तानी विद्वानहरूको प्रतिवेदन समावेश हुनु तर नेपालको तर्फाट भने केवल सहभागीका रूपमा मात्र नाम आउ“नु दुःख लाग्दो कुरा छ । सन् १८९६ देखि सुरु भएको लुम्बिनीको उत्खननबाट धेरै पुरातात्त्विक वस्तुहरू फेला परिसके होलान् । सन् १९३९ अघिका ती वस्तुहरूको थोरैमात्र फोटो छापिएका छन् । सन् १९६४ देखि भएका उत्खनन््हरूको केवल उत्खनन््कर्ताहरूले आआफ्नो पाराले लेखरचनामा मात्र उल्लेख गर्न पुगेका छन् । एकै ठाउ“मा सङ्कलन गरी एकमुष्ट रूपमा विश्लेषणात्मक अध्ययन अझै हुन सकेका छैनन् । ती सामाग्री कुन कता छन् भन्न गार्‍हो भइसकेका छन् । अधिकतर उत्खननकर्ताहरू यस संसारबाट बिदा पनि भइसकेका छन् । यर्सथ नयाँ पिंढीका अन्वेषकहरूले यसतर्फपनि सोच्ने र अध्ययन गर्ने बेला भइसकेको छ ।भनिन्थ्यो, केशरशमशेरले लुम्बिनीमा तहस नहस गरे । केशर शमशेरले थुपारेर गएका दुई ढिस्कोको उत्खनन भएको पनि वर्षौ बितिसके । तर खोइ त - त्यहाँ के निस्के के पाइए कुनै प्रतिवेदन कतैबाट पनि प्रकाशमा आएन । केशरशमशेर अज्ञानी र ध्वंसक भए तिनको भूलले धेरै सामाग्री ती ढिस्कोमा मिसिन जान्थे होलान् । तर केही ननिस्कनुमा केशरशमशेरको सावधानी र विद्वता झल्किन्छ । केवल अरुलाई दोष दिएर मात्र भएन । मायादेवी मन्दिरको सिधा उत्तर केशरशम्शेरद्वारा थुपारिएका तत्कालीन थुप्रो झिकेपछि दोस्रो ८० मि. वर्गाकारको दक्षिण पश्चिमबाट मायादेवी मन्दिरकै Alignment मा ठूल्ठूला पर्खाल निस्किंदा पनि कुनै पुरातात्त्विक चासो नहुनु अनि त्यसै ठाउँमा ठूलो शिलाको पुरातात्त्विक वस्तु त्यसै फ्याकिएको अवस्था देखेर युनेस्कोका विज्ञहरूले चित्त दुखाई जानु पनि स्वाभाविकै हो । उत्खनित सामाग्रीको पहुँचबाट टाढै बसी अध्ययन गर्न वाध्य भएकोले पनि होला यस पुस्तकका लेखक प्रारम्भिक स्रोतको विश्लेषणात्मक अध्ययन र गहिराइसम्म पुग्न सकेको देखिएन । फोटो, लेख र लिखित स्रोतको भने हदैसम्म गहिरिएर अध्ययन गरेको पाइन्छ । अन्य लेख र प्रकाशनहरूबाट चिरफार गरी सारेरै ल्याएको भएतापनि लेखकले आफ्नो विचार र विश्लेषणात्मक क्षमता पदर्शन गर्न चुकेका छैनन् । लेखकको प्रथम प्रयास हो, भविष्यमा हुने अध्ययनमा थप गहनता बढ्दै जानेछ । हालसालैको एउटा प्रकाशन (हसना मासिक, अंक १, वर्ष२, २०६२) को सानो लेखमा यस पुस्तकका लेखकद्वारा लेखिएको 'लुम्बिनी- विश्वशान्ति सहर : हतारको निर्णय पनि समयसापेक्ष आलोचना भनौं वा समालोचना, सत्य र तथ्यपूर्ण छ । यसले लेखकको लुम्बिनीमाथिको गहन अध्ययनको छनक दिन्छ । लेखकले भविष्यमा लुम्बिनीका बारेमा कलम चलाउ“दै जानेछन् भन्ने दरिलो आशा हो ।यस देशमा धेरै विद्वान््हरू जन्मे । धेरैलाई लुम्बिनीका बारेमा थाहा छ । लुम्बिनीका नाउ“मा धेरै सेमिनार भए, धेरै पुस्तक लेखिए अथाह लेखहरू प्रकाशनमा आए तर ती सबै छरिएर प्रकाशन भए र अधिकतर लेखहरू अङ्ग्रेजीमा छापिए । देशमा रहेका नगण्य अङ्ग्रेजी जान्नेहरूले मात्र अध्ययन गर्न पाए । नेपाली भाषामा लुम्बिनीका बारेमा यति गहन पुस्तक लेख्न कसैको कलम अघि र्सन सकेको थिएन । दिवङ्गत भिक्षु सुदर्शन महास्थविरको हौसला र सानिध्यमा लेखकले लुम्बिनीको गहन अध्ययन गरे । पछि यसै विषयमा त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्वको आचार्य तह उत्तीर्ण् हुन शोधकार्य पनि गरे । त्यही शोधग्रन्थमा थप अध्ययन र अनुसन्धान गरी पुस्तकका रूपमा प्रकाशनमा ल्याई दिंदा लुम्बिनीसम्बन्धी जान्न खोज्ने तर अङ्ग्रेजी नजान्ने लाखौं पाठकका लागि यस पुस्तकले ठूलो टेवा दिनेछ । नेपाली भाषामा लुम्बिनीसम्बन्धी यति गहिरिएर लेखिएको पुस्तक आजसम्म प्रकाशनमा आएको छैन । देशका कतिपय श्रद्धालु, विद्यार्थी जनसाधारण जो कसैले पनि यदि अङ्ग्रेजी जान्दैनन् भने लुम्बिनीका बारेमा गहन अध्ययनबाट बञ्चित हुनु परिरहेको थियो । यस कमीलाई लेखकले पूरा गरिदिएका छन् ।
२०६२/८/१कीर्तिपुर

Review : Lumbini : Where the Light of Asia was born

The Himalayan

  • Kuber Chalise
HidaBudhejate Shakyamuniti................... 'Shakyamuni Buddha was born here', thus wrote king Ashok, one of the greatest servants of Buddhism, on the Pillar (Ashok Sthambha) he erected at the birthplace of Lord Buddha in Lumbini some 300 years after the Mahaparinirvana of the Buddha.
Basanta Maharjan, a free-lance journalist, tries to unveil the importance and glory of this holiest of holy sites for Buddhists as well as historically-inclined readers, in his book Lumbini - A Historical and Archeological Study.From shedding light on the etymological origin of the word Lumbini, the book goes on to give us a detailed report of the findings of various excavations carried over the years, beginning from Dr Fuhrer in 1896. He pores through the findings of Lumbini excavations carried out by Nepal, Japan, and India at different times. Once the truth and historical veracity of Lumbini has been established, Maharjan mentions, Japan's contribution to the conservation of Lumbini has been the greatest.
According to Maharjan, Lumbini still needs a great deal of conservation work and protection to be developed as one of the leading tourism and religious sites in the world.
The author claims, with the help of various scriptures, that Lumbini had already earned fame during the life-time of the Buddha himself. According to Buddhist scriptures, four places namely Lumbini - the birthplace of Buddha, Bodhgaya - the place he attained enlightenment, Sarnath - the place he preached first to his five disciples, and Kushinagar - the place where he attained Mahaparinirvana are very important. Among them Lumbini, according the author, the birthplace of the Light of Asia, holds greater significance.
Maharjan mentions about the historical famous pilgrims who had visited Lumbini more than two thousands years ago to prayat Lumbini. Building on this premise, he speculates on the existence of a monastry or some kind of structure in ancient times.
Later the place was completely forgotten, until Dr Fuhrer found the Ashok Pillar and decoded the Brahmi writings that king Ashok inscripted on it verifying Lumbini as the birthplace of Buddha.
King Ashok has, according to the author, erected more than 40 pillars throughout Nepal, India, Pakistan and Afghanistan in his mission to spread Buddhism.
The labour put in by the author in rearranging the time period and historical sequencing of events related to Lumbini from the birth of Buddha till date is evident. It however, could have done some of the redundancies and repetitions.
His effort to list the gamut of archeological findings and historical evidences are admirable. The pictures of different objects and places found in excavations along with site-maps, used abundantly in the book, add value to his work.
Maharjan has also mentioned earlier works of scholars on Lumbini, which can help other researchers to work on the topic further.
He however has depended more on accounts from secondary sources for this book. Though he has tried to cover most issues related to Lumbini, he has left many others avenues related to Lord Buddha forther exploration.
(The Himalayan Times, Sunday, April 23, 2006)

Lumbini : Where the Light of Asia was born

Review : लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन

  • पुष्कर माथेमा
विश्वमा नेपाल प्रमुख रूपमा दुईवटा नाताले चिनिन्छ- पहिलो सगरमाथाको देशका रूपमा र अर्को बुद्ध जन्मेको देशका रूपमा । सगरमाथाको नाता प्राकृतिक उपहार हो भने बुद्धको नाता मानवीय उपलब्धि । दुवैमा एउटा समानता के छ भने यिनीहरू दुवै नेपालका लागि स्रोतका रूपमा रहेका छन्- एउटा दामको स्रोतका रूपमा र अर्को नामको स्रोतका रुपमा, यिनीहरूका लागि नेपालको लगानी भने नगण्य मात्रामा मात्र रहेको छ । एसियाकै प्रकाशका रूपमा स्थापित बुद्ध र लुम्बिनीबीचको सम्बन्धबारे थप शब्दहरू खर्च गर्न आवश्यक छैन । नेपालको बौद्धिक क्षेत्रबाट लुम्बिनीले पाउनुपर्ने प्राथमिकता छायाँमा परिरहेको तथ्य भने कुनै पनि स्वाभिमानी नेपालीका लागि घाउ जत्तिकै बनेर रहेको छ । लुम्बिनी सम्बन्धमा हुनु पर्ने जति चर्चा परिचर्चा एवं अध्ययन अनुसन्धान नभएका कारण धमिलो पानीमा माछा मार्न चाहनेहरूका लागि सत्र परिरहेको छ । यही कमजोरीका फाइदा उठाएर बुद्धको जन्मथलो आफ्नो क्षेत्रमा पर्ने दावी छिमेकी मुलुक भारतबाट व्यापाक रूपमा हुँदै आएको छ । नजिकको मन्दिरलाई हेला गर्ने परिपाटीबाट अलग भएर युवा पत्रकार वसन्त महर्जनले लुम्बिनी सम्बन्धमा हालसम्म विविध कालखण्डमा भएका ऐतिहासिक तथा पुरातात्विक अध्ययनलाई समेटेर एउटा ग्रन्थको आकार दिनुभएको छ- 'लुम्बिनीः ऐतिहासिक तथा पुरातात्विक अध्ययन' का रूपमा । विश्व सम्पदाका रूपमा सूचीकृत लुम्बिनीबारे विभिन्न समयमा विभिन्न अन्वेषकहरूद्वारा अध्ययन तथा उत्खननहरू भएका छन् तर तिजनीहरूको लिखित अभिलेखाङ्कन सर्वसाधारणका लागि सुलभ हुन सकेको थिएन । यस पुस्तकबाट सो अभाव धेरै हदसम्म पूर्ति हुने देखिन्छ । पुस्तकको विषयवस्तु 'लुम्बिनी' रहे पनि यसका सामग्रीहरू लुम्बिनी र बौद्ध धर्मबीचको सम्बन्धमै केन्द्रित रहेको छ । लुम्बिनी र बौद्ध धर्म एक अर्काका पर्यायवाची जत्तिकै भएको अवस्थामा यसो हुनुलाई स्वाभाविक नै मान्न सकिन्छ । पुस्तकमा समेटिएको ऐतिहासिक पृष्ठभूमिको सीमा गौतम बुद्धको जन्मकालसम्म फर्केको छ । लुम्बिनीको खोजीसम्बन्धी तिर्सना बुद्ध सम्बन्धी जिज्ञासाकै प्रतिफल भएकाले त्यसअघिको लुम्बिनी असान्दर्भिक भएको वा लुम्बिनी एक बौद्ध तर्ीथस्थलका रूपमा कसरी विकसित भयो भन्नेबारे समयक्रमअनुसार वर्णन गरिएको छ भने त्यहाँ भएका पुरातात्विक अध्ययन तथा त्यसका उपलब्धिहरूबारे विविध कालखण्डका आधारमा सविस्तार चर्चा गरिएको छ । लुम्बिनी शब्दको व्युत्पत्ति सम्बन्धमा गरिएको विश्लेषण यस पुस्तकको एउटा रोचक पाटो हो भने त्यस क्षेत्रको अन्वेषणका क्रममा पाइएका विविध पुरातात्विक सामगीहरूका आधारमा ऐतिहासिक कालखण्डमा त्यहाँको अवस्थिति तथा जनजीवनका सम्बन्धमा गरिएको परिकल्पनाले पुस्तकलाई थप रोचक बनाएको छ । लुम्बिनी सम्वन्धमा करिब एक सय वर्षघिदेखि हुँदै आएका अध्ययनबाट प्राप्त र्सार्वजनिक भइसकेका तथा नभएका अभिलेखहरूको प्रस्तुतिका कारण पुस्तक निकै जानकारीमूलक बन्न पुगेको छ । तथ्यहरूका अतिरिक्त दर्लभ तस्वीरहरूसमेत प्रस्तुत गरिएबाट लुम्बिनीको पुरातात्विक पृष्ठभूमिको सजीव चित्रण भएको छ भने अन्वेषणका नाममा विगतमा भएका लापरवाहीहरू तथा कमीकमजोरीको चर्चाले गर्दा पुस्तक विचारोत्तेजक पनि बन्न पुगेको छ । पुस्तक मूलतः मौलिक अन्वेषणको उपलब्धि नभएर अन्य अध्येता तथा अनुसन्धानकर्ताहरूको खोजीका निष्कर्षरूमा आधारित भए पनि ती निष्कर्षरूको विश्लेषणमा मौलिक दृष्टिकोण प्रयोग गरी बेलाबेलामा पत्रकारिताका माध्यमबाट सामग्री पस्कँदै आउनु भएका महर्जनभित्रको एक खोज पत्रकारको मिहिनेत तथा ज्ञानको भोक यस पुस्तकमा र्छलङ्ग देख्न सकिन्छ । (गोरखापत्र, २०६३ असार ३१ गते शनिवार)

Review : उत्खनन्माथि उत्खनन्, लुम्बिनी:ऐतिहासिक तथा पुरातात्विक अद्ययन

० शिलु श्रेष्ठ

धार्मिक भनौ या पर्यटनस्थल, नेपालमा अन्तर्राष्ट्रय पर्यटकहरू तान्न सक्ने पूर्वाधार भएका दुई वटा प्रमुख स्थलहरू छन्।ती हुन्- विश्वको सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मस्थल लुम्बिनी।ती दुवैका विषयमा अथाह पुस्तक, लेख तथा रचनाहरू प्रकाशनमा आएका छन्।तर अधिकांश अंग्रेजी भाषामा छन्, नेपालीमा फाट्टफुट्ट लेखहरू मात्र।वस्तुविशेषमै गहन अध्ययन भई सगरमाथाको विषयमा नेपाली भाषामा त लेखिएकै छैन भन्दा हुन्छ तर लुम्बिनीका सम्वन्धमा अब त्यस्तो भन्नुपर्दैन।यो अभावपूर्ति बसन्त महर्जनद्वारा लिखित र हालै प्रकाशित 'लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन' पुस्तकका कारण त्यस्तो नकारात्मक जवाफ दिनुनपर्ने भएको हो।लुम्बिनीका बारेमा टुक्रे वस्तादको रूपमा धेरै लेखिए, छापिए तर एकमुष्ट सबै क्षेत्र समेटेर नेपालीमा लेखिएको पहिलो पुस्तक यही 'लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक अध्ययन' भएको छ र राष्ट्रभाषा भनिने नेपालीमा खड्किराखेको एउटा अभावको पर्ूर्ति यसबाट भएको छ।
लुम्बिनीका बारेमा सबै क्षेत्रका सबै विद्वान्हरूले लेखिटोपलेका छन्।तर दिलै खेलेर भन्नुपर्दा ती सबै कटुवा, सरुवा, भरुवा र छटुुवा मात्र हुन्।लुम्बिनीका प्रारम्भिक लेखकका नाम लिनुपर्दा ए.ए. फुहरर, पर्ूण्ाचन्द्र मुखर्जी, देवाला मित्रा, तारानन्द मिश्र, बाबुकृष्ण रिजाल र सोतुर ओएसाका मात्र हुन्।पुरातत्त्वकै हिसाबले अन्य सबै पूर्वलेखकहरूले लेखेका पुस्तक र लेखमा जे पढे जे बुझे त्यसैलाई आफ्नो मथिङ्गलको मसलातसाला मिलाई प्रस्तुत गरेका लेखन मात्र हुन् भन्दा त्यति अन्याय हुँदैन।यो नयाँ प्रकाशनलाई मात्र अपवाद मान्न सकिंदैन।
पुस्तकको आवरण डिजाइन झट्ट हेरदा लुम्बिनीजस्तो नदेखिए तापनि भित्र भएका सामग्रीले देख्नेबित्तिकै सा“च्चिकै लुम्बिनी हो भन्न करै लाग्दछ । जम्मा एक सय ७१ पृष्ठको प्रस्तुत पुस्तकमा लुम्बिनीका बारेमा यथेष्ट सूचना प्रस्तुत गर्न लेखक सफल भएको देखिन्छन् । पा“च अध्यायमा विभाजित यस पुस्तकमा लेखकले विषय प्रवेशको रूपमा परिचयबाट सुरु गरी लुम्बिनीको ऐतिहासिक पष्ठभूमि, पुरातात्त्विक विकास खोज उत्खनन, पुनःनिर्माण र उपसंहारसम्म लगी टुङ्ग्याइएका छन्।यसपछि नक्सा, सर्न्दर्भ ग्रन्थ सूची र परिशिष्ट समावेश गरी पुस्तकलाई पूर्णता गरिएको छ । अंग्रेजीमा अथाह प्रकाशन र लेखहरू बजारमा आए तर जतिसुकै स्तरीय प्रकाशन भए तापनि लुम्बिनीका बारेमा जान्न खोज्ने तर अंग्रेजी राम्रो नबुझ्ने नेपाली पाठकका लागि ती काम लागेन।नेपालीमा यति स्तरीय पुस्तक आजसम्म प्रकाशनमा आएको छैन नै भन्दा पनि अत्युक्ति नहोला।लुम्बिनी विकास कोषजस्ता संस्थाको पनि यसतर्फध्यान जानुपर्ने थियो तर कहिल्यै गएको पाइ“दैन।एक व्यक्तिद्वारा एकल मेहनतले यति राम्रो र नेपाली भाषाभाषीलाई अति उपयोगी हुने गरी प्रकाशनमा ल्याइदिएकाले लेखकलाई यस कार्यका निम्ति धन्यवाद दिनै पर्दछ।
कम्प्युटरको विकासले गर्दा साधारण पाठकको पहुँचबाट बाहिर रहेका लुम्बिनीका अति महत्वपूर्ण तस्बिर र नक्साहरूको यथेष्ट मात्रमा समावेश भइदिंदा पुस्तकको उपयोगता र उपादेयता अरू थपिएको छ । शताब्दी पुरानो पी.सी. मुखर्जीद्वारा प्रकाशनमा आएका फोटोदेखि ओयसाकाद्वारा प्राप्तपछि कहिल्यै खिच्न नसकिने मायादेवी मन्दिरको पूर्व रूपको उत्खनन समयका खण्डहरूका तस्बिरहरू यसमा समावेश गरिदिंदा पुस्तक केबल पढ्न मात्र होइन हेर्न र बुझ्न पनि त्यत्तिकै उपयोगी भएको छ।साधारण जिज्ञासुका पहु“चबाट टाढा रहेका एक शताब्दी पुराना चित्र, पत्र र प्रकाशनहरूका सम्बन्धित अंशहरू पनि खोजीखोजी परिशिष्टका रूपमा समावेश गरिँन्दा सुनमा सुगन्धजस्तै भएको छ ।मार्कर स्टोन प्राप्तिको घोषणा गरिँदा तत्कालीन प्रम शेरबहादुर देउवाले दिएको भाषण समावेश भएजस्तै जापानको आशाही सिम्बुनमा छापिएको मार्कर स्टोन प्राप्तिको समाचारकोप्रति पनि समावेश हुन पाएको भए झन् बेस हुने थियो, तर भएन।
पुस्तक लुम्बिनी सम्बन्धमा पढ्न, सिक्न र बुझ्न अति उपयोगी देखिन्छ।लेखक गैरनेपालीभाषी भएर पनि प्रस्तुति सलल बगेको छ।भाषिक रूपमा खोट लगाउने ठाउ“ छैन।लेखकको प्रथम प्रयास देखिएकाले अध्ययन र प्रस्तुति गहन नै मान्नु पर्दछ।

उत्खनन्माथि उत्खनन्, लुम्बिनी:ऐतिहासिक तथा पुरातात्विक अद्ययन

News : नयाँ व्याख्यामा लुम्बिनी

संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को विश्व सम्पदा सूचीमा परेको गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी अनुसन्धानात्मक ग्रन्थ 'लुम्बिनी : ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन' नेपाली बजारमा आएको छ । नेपाली भाषामा पहिलो पल्ट लुम्बिनीका सम्बन्धमा प्रकाशित यस ग्रन्थको अंग्रेजी अनुवाद संस्करण निकट भविष्यमा नै बजारमा आउने प्रकाशक बसामी डट कमले जनाएको छ । प्रकाशकका अनुसार, अंग्रेजी भाषामा पनि लुम्बिनीलाई मात्रै समेटेर लेखिएको एउटा सिंगो पुस्तक हालसम्म प्रकाशित भएको छैन ।
प्राचीन कालमा बगैँचाका रूपमा रहेको लुम्बिनीमा गौतम बुद्धको जन्म इसा पूर्व ५२३ मा भएको थियो । उनको जन्मअघिको लुम्बिनीको वस्तुस्थिति र विकास क्रमलाई प्राप्त पुरातात्त्विक सामग्रीका आधारमा अध्ययनपछि लेखिएको सो ग्रन्थमा वर्तमान गतिविधिहरूलाई समेत समेटिएको छ । अनुसन्धानकर्ता वसन्त महर्जनद्वारा लिखित सो ग्रन्थको डिसेम्बर १७ तारिखमा विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. तुलसीराम वैद्यले ग्रन्थ धेरै अर्थमा महत्त्वपूर्ण भएको बताएका थिए ।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व क्षेत्रसम्बद्ध विशिष्ट व्यक्तिहरूको जमघटमा विमोचित सो पुस्तकको टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका विभाग प्रमुख प्रा. डा. मुकुन्दराज अर्यालले लुम्बिनीको पुरातत्त्वका सम्बन्धमा साङ्गोपाङ्गो अध्ययन गर्न खोजिएको र सर्न्दर्भ स्रोत र परिशिष्ट पनि समावेश गरिएको भएर थप अध्ययन गर्न चाहनेहरूका लागि पुस्तक महत्त्वपूर्ण भएको बताए । प्रा. डा. अर्यालले यस पुस्तकमा लेखकले नयाँ जानकारी दिनुका साथै आफ्नो मौलिक व्याख्या पनि गरेको उल्लेख गरे ।
पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत शुक्रसागर श्रेष्ठले लुम्बिनीका सम्बन्धमा थोरैले मात्र आधिकारिक लेखन गरेको, तर कसैले पनि बृहत् अध्ययन गरेर सम्पूर्ण कुरालाई एउटै पुस्तकमा नसमेटिएको अवस्थामा यस ग्रन्थ आफैमा महत्त्वपूर्ण रहेको चर्चा गरे । लुम्बिनीबाट विभिन्न समयमा उपलब्ध पुरातात्त्विक सामग्री हाल कुन कता छन् भन्ने जानकारी नै नभइसकेको अवस्थामा उपलब्ध सीमित सामग्रीको आधारमा ग्रन्थ लेखिएको भए पनि व्याख्या राम्ररी भएको उनको धारणा थियो । यसरी नै समारोहमा नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधरले लेखकको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । (साभारः हसना म्यागेजिन, वर्ष१, अंक ५, २०६२)

News : लुम्बिनीको ऐतिहासिकताबारे पुस्तक सार्वजनिक

काठमाडौं, (नेपाल समा‍चारपत्र) । पत्रकार बसन्त महर्जनद्वारा लिखित अनुसन्धानात्मक पुस्तक "लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्यय" शनिबार सार्वजनिक गरिएको छ। बसामि डटकमद्वारा प्रकाशित उक्त पुस्तकको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा. डा. तुलसीराम वैद्यले विमोचन गर्नुभयो।
सो अवसरमा नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभाग त्रिविका विभागीय प्रमुख प्रा. डा. मुकुन्दराज अर्याल, नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) त्रिविका कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधर, पुस्तकका भूमिका लेखक शुक्रसागर श्रेष्ठ, पुस्तक लेखक बसन्त महर्जनलगायतका वक्ताले पुस्तकको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो।
उक्त पुस्तक १ सय ७१ पृष्ठको रहेको छ। पुस्तकमा लुम्बिनीका बारेमा रहेका भ्रम र विवादलाई निवारण गर्ने कार्य लेखकले गर्नु भएको ‍छ ।
(साभार, नेपाल समाचारपत्र दैनिक, २०६२ पुस ३ गते आइतवार December 18th,Sunday , 2005)

News : लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन' विमोचित

हिमालय टाइम्स
काठमाडौं, पुस २ (टास) । पत्रकार बसन्त महर्जनद्वारा लिखित अनुसन्धानात्मक पुस्तक 'लुम्बिनीः ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन' को शनिवार विमोचन भएको छ ।
लुम्बिनी र लुम्बिनीसँग सम्बन्धित विविध पक्षहरूको अध्ययन अनुसन्धान गरी तयार पारिएको उक्त पुस्तकको विमोचन लुम्बिनी बौद्ध विश्वविद्यायका उपकुलपति प्रा. डा. तुलसीराम वैद्यद्वारा गरिएको हो ।
सो अवसरमा बोल्दै उपकुलपति वैद्यले विमोचित पुस्तकले बुद्धको जन्म र लुम्बिनीको ऐतिहासिक एवं पुरातात्त्विक पक्षलाई बौद्धिक तवरले प्रस्तुत गर्ने प्रयास गरिएको विचार व्यक्त गर्नु भयो । उहाँले भगवान बुद्ध र लुम्बिनीको महत्वमाथि प्रकाश पार्दै आफूले समय समयमा बुद्ध भारतको लुम्बिनीमा जन्मेका भन्ने पढ्ने गरेको प्रति दुःख व्यक्ति गर्नु भयो । लुम्बिनीका बारे सही इतिहास बाहिर ल्याउनु पर्ने तर्फउहाँले जोड दिनु भयो ।
पुस्तकका लेखक बसन्त महर्जनले लुम्बिनीका बारे एकमुष्ट जानकारी दिने उद्देश्यले पुस्तक लेखेको बताउँदै लुम्विनीप्रतिको सानै देखिको आफ्नो अनुरागका कारण पनि पुस्तक तयार हुन सकेको विचार राख्नु भयो ।
कार्यक्रममा नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रिय विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रा. डा. मुकुन्दराज अर्याल, नेपाल तथा एशियाली अनुसन्धान केन्द्र, त्रिविका कार्यकारी निर्देशक प्रा. निर्मलमान तुलाधर, पुरातत्त्वविद् शुक्रसागर श्रेष्ठलगायतका व्यक्तिहरूले विमोचित पुस्तक र लेखकका बारेमा आ-आफ्नो विचार राख्नु भएको थियो ।
(हिमालय टाइम्स, पुस ३, २०६२)

News : New and Unique definitions of archaeological objects at Lumbini is published

The Himalayan

Prof. Dr. Tulsi Ram Baidya, vice-chancellor of Lumbini Bouddha University, released a book Lumbini: a Historical and Archaeological Study by Basanta Maharjan.

Prof. Dr. Mukunda Aryal, head of department of Nepali History, Culture and Archaeology at the Tribhuvan University (TU) commented on the book. ''The book has come up with new and unique definitions of archaeological objects at Lumbini,'' said Dr Aryal , adding that the book gives a complete picture of Lumbini with the definition of pre-Maurian, Maurian, Sunga, Kushan and Gupta periods of Indian history in connection with Lumbini.

The book also contains unpublished photographs, information collected while excavating at the Maya Devi temple in 1993 to 1996 by the Lumbini Development Trust, Department of Archaeology and the Japan Buddhist Foundation.

Basanta Maharjan, author of the book, said: ''Most of the excavators who worked in Lumbini did not publish the report; hence information and knowledge regarding Lumbini has remained unknown. I have issustrated the achievements of excavation works with photographs taken when excavation works were carried out.'' (The Himalayan Times, 17.12.2005)

News : Book on Lumbini Released

A book on archaeological and historical perspective on Lumbini was released in Kathmandu on Saturday. The research book, "Lumbini: A Historical and Archaeologycal Study" by journalist Basanta Maharjan was released by Prof. Dr. Tulsi Ram Vaidya of Lumbini Buddha University.
Scholars such as Department Chief at the Central Department of Culture and Archeology at Tribhuvan University Prof. Dr. Mukunda Raj Aryal, Executive Director At Centre for Nepal and Asian Studies of TU Prof. Dr. Nirmal Man Tuladhar, Sukrasagar Shrestha, who has written the preface of the book and author Basanta Maharjan highlighted about different aspects of the book.
In the 171-page book, the author has presented various facts that put to rest any doubt about various issues related to Lumbini. The book is published by basami.com (People's Review weekly, 22/12/05 - 28/12/05 )

News : Book on Lumbini by Maharjan released

By Our Correspondent

KATHMANDU, Dec. 17: A book Lumbini: Historical and Archaeological Study" written by journalist and researcher Basanta Maharjan was released here Saturday.
Vice chancellor of Lumbini Buddhist University Prof. Dr. Tulsi Ram Vaidya released the book. Vaidya said that Maharjan's work included many historical things about Lumbini, the birthplace of Lord Buddha.
Writer Maharjan said that the book was based on a study of history and archaeology of Lumbini. He said that it was the first time a book had been published that solely focused of Lumbini. The book costs Rs.375.
Prof. Dr. Mukunda Raj Aryal and executive director of Centre for Nepal and Asian Studies Prof. Nirmal Man Tuladhar also commented on the book.
(The Rising Nepal, December 18, 2005)

Lumbini : A Historical and Archaeological Study

Book on Lumbini by Maharjan released

By Our Correspondent

KATHMANDU, Dec. 17, : A book Lumbini: Historical and Archaeological Study" written by journalist and researcher Basanta Maharjan was released here Saturday.